Logo

महिला र पुरूषले ल्याउने सुनको परिमाण ताेकियाे, वैदेशिक राेजगारीमा गएर समाजिक सुरक्षामा जाेडिनेलाई विशेष सुविधा

महिला र पुरूषले ल्याउने सुनको परिमाण ताेकियाे, वैदेशिक राेजगारीमा गएर समाजिक सुरक्षामा जाेडिनेलाई विशेष सुविधा



काठमाडौं । सरकारले विदेशबाट गहना ल्याएर आउने परिमाण महिला पुरुषका लागि छुट्टाछुट्टै तोकिदिएको छ । त्रिभुवन विमासनस्थल भन्सार कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै महिलाको हकमा ५० ग्रामसम्म र पुरुषको हकमा २५ ग्रामसम्मको गहनामा भन्सार महशुल तिर्न नपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो ।

यस्तै एक जना व्यक्तिले भन्सार महशुल नतिर्ने बाहेक २ सय ग्राम सुन भन्सार महशुल तिरेर बोकेर ल्याउन पाउने व्यवस्थासमेत गरिएको छ । तर, गहनाको आकारमात्रै दिएर बताईएको बेरुवा औंठी, बाला, सिक्रीलगायतको सुनलाई गहना नमानिने बताईएको छ ।

यस्तै भन्सार कार्यालयले वैदेशिक रोजगारीमा गएर सामाजिक सुरक्षा कोषमा जोडिएका नेपालीलाई विदेशबाट ल्याउने वस्तुमा विशेष सहुलियत दिने बताएको छ ।

यस्ता नेपाली नागरिकले विदेशबाट आउँदा जुनसुकै आकारको टेलिभिजन भन्सार नतिरि ल्याउन पाउने व्यवस्था गरिएको छ । यो सुविधा सामाजिक सुरक्षा कोषमा समावेश नभएका नागरिकले भने ३२ ईन्चसम्मको टिभीमा मात्रै पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL