Logo

भुकम्प प्रभावित ११ जिल्लाका १ लाख ७१ हजार घर बनाउन सम्झौता, ८९ हजार गुनासो प्राप्त

भुकम्प प्रभावित ११ जिल्लाका १ लाख ७१ हजार घर बनाउन सम्झौता, ८९ हजार गुनासो प्राप्त


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्पबाट अति प्रभावितमध्ये ११ जिल्लाहरुमा निजी आवास पुर्ननिर्माणका लागि १ लाख ७१ हजार घरधुरीसँग सम्झौता भएको छ । असार १२ गतेसम्म १लाख ७१ हजार घरधुरीसँग सम्झौता भएको हो ।

त्यस्तै ८९  हजार १ सय २८ वटा गुनासाहरु दर्ता गरिएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले जानकारी दिएको छ । जसअनुसार  प्रथम चरणमा बैंक तथा वित्तीय संस्थाहरुको कार्यालय भएको ठाउँमा १ सय ८७ गाविस समेट्ने गरी तत्काल बैंकिङ सुविधा उपलब्ध गराउन  वा सो सम्वन्धि आवश्यक व्यवस्था गर्ने बारे पुननिर्माण प्राधिकरण र क,ख र ग बर्गका इजाजत प्राप्त बैंक तथा वित्तिय संस्थाहरु सँग २०७३ जेठ १७ गते निजी आवास पुननिर्माण अनुदान रकम भुक्तानी सम्वन्धी सम्झौता भएको छ ।

सो सम्झौता अनुसार सम्वन्धित बैंकर्स एशोसियशनबाट क्लस्टरिंग गरी नेपाल बैंकर्स एशोसियसनले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा पेश गरेको सेवा प्रदायक बैंक तथा वित्तीय संस्थाहरु र तिनले अनुदान वितरण गर्ने लाभग्राहीहरुको प्रस्तावित विवरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत जिल्लाहरुमा पठाइसकेको बताइएको छ ।

यसबाट आगमी दिनमा सो अनुदान पाउन तीव्र हुने मन्त्रालयको विश्वास छ । गोरखा,धादिङ, नुवाकोट, रसुवा, सिन्धुली, सिन्भुपाल्चोकलगायत जिल्लामा अनुदान वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्