Logo

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको मूल्य प्रतिसिलिण्डर १३० घट्यो (मूल्य सूचीसहित)

पेट्रोल र डिजेलको मूल्य बढ्यो, ग्यासको मूल्य प्रतिसिलिण्डर १३० घट्यो (मूल्य सूचीसहित)



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पेट्रोलमा रु नौ तथा डिजेल र मट्टितेलमा रु सात बढाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा रु १७०, दोस्रो वर्गमा रु १७२ र तेस्रो वर्गमा रु १७३ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु १५०, दोस्रोमा रु १५२ र तेस्रो वर्गमा रु १५३ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डिर रु एक हजार छ सय ६० मा झरेको छ । एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर रु १३० घटाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL