Logo

कोशी प्रदेशको मुख्यमन्त्रीका उद्धव थापा नियुक्त, शपथ बुधबार

कोशी प्रदेशको मुख्यमन्त्रीका उद्धव थापा नियुक्त, शपथ बुधबार



काठमाडौं । कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मंगलबार साँझ थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन् । प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् । भोलि बिहान १०ः३० बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL