Logo

एक वर्षमा २९ प्रतिशत बढ्यो पर्यटक आगमन, जुलाईमै भित्रिए साढे ५७ हजार

एक वर्षमा २९ प्रतिशत बढ्यो पर्यटक आगमन, जुलाईमै भित्रिए साढे ५७ हजार



काठमाडौं । जुलाई महिनामा हवाईमार्गबाट आउने पर्यटकको संख्या गत वर्षको जुलाईको तुलनामा २९.८ प्रतिशतले बढेको छ । यस वर्षको जुलाईमा बिभिन्न देशबाट ५७ हजार ७ सय २७ जना पर्यटन भित्रिएको नेपाल पर्यटक बोर्डले जानकारी दिएको छ ।

गत वर्षको जुलाईमा हवाई मार्गबाट आउने पर्यटकको संख्या ४४ हजार ४ सय ६२ जना रहेको थियो । यस अवधीमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन । भारतबाट जुलाईमा २१ हजार ३ सय ५७ जना पर्यटक नेपाल भित्रिएका छन् । सार्क मुलुकहरुबाट जुलाईमा २५ हजार ७ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी, अन्य एशियन मुलुकहरुबाट १० हजार १ सय ८३ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

युरोपीयन मुलुकबाट ८ हजार ९ सय ६५ जना पर्यटन नेपाल भित्रिएका छन् । यसैगरी, ओशीनीयाका केहि मुलुकहरुबाट नेपाल भ्रमणका लागि १ हजार २ सय १३ जना आएका छन् । अमेरिकाबाट नेपाल भ्रमणका लागि ६ हजार २ सय १४ जना आएका छन् । मध्ये अमेरीकाबाट ५ हजार ६४ जना घुम्न आएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL