Logo

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

सुन–चाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ



काठमाडौं । मंगलबार सुन–चाँदीको मूल्य बढेको छ । यस दिन छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ पुगेको छ । सोमबार छापावाला मूल्य १ लाख १२ हजार ६ सय रुपैयाँ थियो ।

मंगलबार तेजावी सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार ४० रुपैयाँ थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार यसको मूल्य १ हजार ४ सय ५० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL