Logo

नेपाल-श्रीलंका उद्योग वाणिज्य संघको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा महर्जन निर्वाचित

नेपाल-श्रीलंका उद्योग वाणिज्य संघको नवौं साधारण सभा सम्पन्न, अध्यक्षमा महर्जन निर्वाचित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको अध्यक्षमा रमेश मर्हजन नियुक्त भएका छन् । आइतवार सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले मर्हजनलाई निर्विरोध रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।

सभाको नेपालका लागि श्रीलंकाका महामहिम राजदुत डब्लुएम सेनेभिरत्नले उद्घाटन गरे । कार्यक्रममा संघका अध्यक्ष रमेश महर्जनले दुई देश वीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई अझ सुदृढ पार्दै लैजानु पर्ने बताए । साथै दुई देश वीच लगानी, पर्यटन आदि संभावित क्षेत्रमा समेत आपसी समझदारीमा कार्य अगाडी बढाउनु पर्ने विचार व्यक्त गरे ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार मेला, प्रतिनिधि मण्डलको आदान प्रदान आदि आर्थिक तथा व्यापारिक क्रियाकलापहरु मार्फत काम अगाडी बढाउनु पर्ने बताए ।

राजदुत सेनेभिरत्नले दुई देश वीचको सम्बन्ध बुद्धकालिन समय देखि नै रहि आएको बताए । साथै दुई देश वीचको आर्थिक, सामाजिक सुमधुर सम्बन्ध विस्तारमा दुतावासले सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । सभाले महर्जनको अध्यक्षतामा १९ सदस्यीय वmेन्द्रिय कार्यसमिति र्निविरोध निर्वाचित गरेको छ ।

जसमा मानार्थ सदस्यमा डा. राजेश काजी श्रेष्ठ, निवर्तमान अध्यक्षमा भक्त बहादुर मल्ल, त्यसै गरी उपाध्यक्षमा क्रमशः प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ, हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी रहेका छन् । त्यस्तै सचिवद्वयमा प्रकाश गिरी, राम राजा आचार्य छन् ।

कार्यकारीणी सदस्यहरुमा शिव वmुमार अग्रवाल, अनुज मणी तिमलसिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय वmुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको नेपाल श्रीलंका उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्