काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारीले आइतवारदेखि पदभार ग्रहण गरेका छन् । सो अवसरमा अधिकारीले कर्मचारीलाई सम्बोधन गर्दै देशमा ठूलो परियोजनामा लगानी प्रवद्र्धन र सहजीकरण गर्ने लगानी बोर्डको प्रमुख उद्देश्य अनुसार आफुले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले लगानी बोर्ड स्थापना भए पश्चात हालसम्मको अवधिमा लगानी बोर्डको कार्यालयको संस्थागत संरचना तथा परियोजना विकासको लागि उल्लेख्य आधार तयार भएको बताए ।
साथै आगामी दिनमा लगानी बोर्डले ठूला पूर्वाधार परियोजना विकासको उद्देश्य प्राप्तीको दिशामा दृढसंकलपका साथ समय तालिकाका आधारमा अगाडी बढ्नुपर्ने बताए ।
यसका लागि आफूलाई कार्यालयका कर्मचारीलगायत सवै क्षेत्रको सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे । नेपाल सरकारको मन्त्रिपरिषदको गत बिहीबारको बैठकले अधिकारीलाई ४ बर्षका लागि लगानी बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् ।