काठमाडौं । हिम इलेक्ट्रोनिक्सले महाराजगञ्जमा नयाँ साजसज्जा सहित समसुङ डिजिटल प्लाजा खोलेको छ । सामसुङको नेपाली बिक्रेता सामसुङको नेपाली बिक्रेता हिमले समसुङका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न र ग्राहकहरुलाई सर्वसुलभ तरिकाले समाउन उपलब्ध गराउन सुविधा सम्पन्न डिजिटल प्लाजा खालेको बताइएको छ ।
सो डिजिटल प्लाजामा सामसुङका सबै उत्पादनहरु बिक्रीमा राखिएको छ । जसमा कर्भ टिभीहरु, एलइडी टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रवेभ ओभन तथा मोबाइल फोनहरु रहेका छन् ।
हिम इलेक्ट्रोनिक्सको काठमाडौं उपत्यकाभित्र ८ वटा र बाहिर ४ वटा गरेर १२ वटा सामसुङ प्लाजा सञ्चालनमा छन् ।