Logo

सुन चाँदीको मूल्य बढ्यो, यस्तो छ बिहीबारको कारोबार मूल्य

सुन चाँदीको मूल्य बढ्यो, यस्तो छ बिहीबारको कारोबार मूल्य



काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ थियो ।

यसैगरी, बिहीबार तेजावी सुनको मूल्य पनि बढेको छ । बिहीबार तेजावी सुनको मूल्य पनि प्रतितोला ८ सय रुपैयाँले नै बढेर १ लाख १२ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार यसको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय ५० रुपैयाँ रहेको थियो ।

बिहीबार चाँदीको मूल्य पनि उकालो लागेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४ सय ९० रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बुधबार यसको मूल्य प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL