Logo

संसद् बैठकमा एमालेको अवरोध, सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग

संसद् बैठकमा एमालेको अवरोध, सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले उठेर विरोध जनाएको छ ।

एमाले सांसद उठेपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् । प्रमुख सचेतक गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट हुने सेवालाई लिएर विरोध जनाइरहेका छन् ।

१०० किलो सुन बरामद भएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने आफ्नो पार्टीको निर्णयअनुसार एमाले सांसदले विरोध जनाएका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गृहमन्त्री आफ्नो पदमा बस्न लायक नभएको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै गृहमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको बताउदै सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।

उनले अहिले सरकारले विमानस्थलको सुरक्षा कमजोर भएकको बताउदै क्वीन्टलका क्वीन्टल सुन तस्कर भइरहेको बताए । गिरीले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा सुन तस्करमा संलग्न भएको विषय मिडिया आएर पनि उनीहरुलाई छानबिनको दयारामा नल्याइएको बताए ।

गिरीले महराले यसअघि चिनियाँ व्यापारीसँग ५० करोड माग गरेको अडियो समेत बाहिर आएको सन्दर्भ उल्लेख गरेका थिए । प्रमुख सचेतक गिरीले मन्त्रीहरुकै संलग्नतामा सुन तस्करी भइरहेको आरोप लगाउदै यस प्रकरणको छानबिन गर्न सभामुखले रुलिंग गर्न माग गरे । उनले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सो त्यसको सुनिश्चितता नभएसम्म संसद चल्न नदिने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL