काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करीको विषयलाई लिएर संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।
बुधबार नेपाल सुन तस्करीको हब बन्दै गएकोमा सरकारको जवाफ माग्दै प्रस्ताव दर्ता गरेको हो ।
उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।