काठमाडौं । यूरोपियन यूनियनबाट बेलायत बाहिरिएसँगै अमेरिकी डलरको मूल्य केही बढेको छ । नेपाल राष्ट्र बैंकले शनिबार डलरको बिक्रीदर मूल्य १ सय ९ रुपैयाँ तोकेको छ । खरिददर मूल्य १ सय ८ रुपैयाँ ४० पैसा तोकेको छ ।
सामान्य दिनहरुमा १०÷१५ पैसाले घटबढ हुने गरको डलर शनिबार १ रुपैयाँ ४ पैसाले बढेको हो । यता बेलायती मुद्रा पाउण्डस्टेर्लिङ घटेको छ ।
सो दिन पाउण्डस्टेर्लिङको बिक्रीदर मूल्य आज १ सय ५१ रुपैयाँ ४२ पैसा रहेको छ। अघिल्लो दिन यो मूल्य १ सय ६० रुपैयाँ ६५ पैसा थियो।