Logo

साउनबाट वैदेशिक रोजगारी बीमामा नयाँ शुल्क, हेर्नुहोस तालिका सहित

साउनबाट वैदेशिक रोजगारी बीमामा नयाँ शुल्क, हेर्नुहोस तालिका सहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बीमा समितिले वैदेशिक रोजगारीमा जाने कामदारको लागि बीमाको नयाँ प्रिमियम मुल्य निर्धारण गरेको छ । समितिले आगामी साउन १ गतेदेखि लागू हुनेगरी नयाँ प्रिमियन निर्धारण गरेको छ ।

नयाँ प्रिमियम अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले बीमा शुल्क बापत केही कम रकम तिरे पुग्छ । समितिले एउटा बीमा पोलीमा ३ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म घटाएको छ । बीमा शुल्कमा एजेन्ट शुल्क घटेसँगै रोजगारीमा जाने कामदारलाई केही राहात पुग्ने समितिको दावी छ ।

बीमा गर्ने समयावधि र उमेर समुह अनुसार बीमाको प्रिमियन शुल्क घटाइउको समितिले जानकारी दिएको छ । समितिले २०७३ बैशाख १ गतेदेखि लागू हुनेगरी वैदेशिक रोजगार म्यादी बीमाको शुल्क बढाएको थियो । त्यतिवेला समितिले कामदारको सामाजिक सुरक्षाका लागि उनीहरुलाई केही भएमा पाउने रकम समेत दोब्बरले बृद्धि गरेको थियो ।

यस अघि वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएमा वा कुनै अंङ नचल्नेगरी अंगभङ्ग भएमा बीमा वापत ५ लाख रुपैयाँ पाउँदै आएका थिए । समितिले बैशाखदेखि लागू हुनेगरी उनीहरुले क्षतिपूर्ति वापत पाउने रकम दोब्बरले बृद्धि गरी १० लाख रुपैयाँ पुर्याएको छ ।

समितिका अनुसार साउने १ गतेदेखि लागू हुने शुल्कमा एजेन्ट कमिशन हटाइएको छ । रोजगारीमा जाने कामदार आफै वा सम्बन्धित म्यानपावर कम्पनीले बीमा गरिदिने भएकाले एजेन्ट कमिशन हटाइएको हो ।

समितिले वैदेशिक रोजगारी बीमालाई उमेर अनुसार ४ र समयावधि अनुसार ५ भागमा विभागज गरेको छ । जस अनुसार साउन पछि बैदेशिक रोजगारीमा जाने कामदारले बीमा वापत न्युनतम २ हजार ६६ रुपैयाँदेखि अघिकतम १५ हजार ६ सय ६० रुपैयाँ तिनुपर्ने हुन्छ । मौजुदा व्यवस्था अनुसार न्युनतम २ हजार ३ सय ५१ रुपैयाँदेखि १९ हजार १ सय ४० रुपैयाँसम्म तिर्दे आएका थिए ।

हेर्नुहोस तालिका 

insurance

प्रतिक्रिया दिनुहोस्