Logo

१ क्विन्टल सुन तस्करी प्रकरण : थप ६ जना पक्राउ

१ क्विन्टल सुन तस्करी प्रकरण : थप ६ जना पक्राउ



काठमाडौं । गत बुधबार एक सय किलो सुन तस्करी गर्न सघाएको आरोपमा थप ६ जना पक्राउ ष्रेका छन् । प्रहरीलाई आईतबार ३ जना भन्सार कार्यालयका कर्मचारी र ३ जना भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।

यसअघि राजस्व अनुसन्धान विभागको विशेष टोलीले सुन तस्करीमा सम्बद्धहरुको शुक्ष्म अध्ययन गरिरहेको थियो । सोही टोलीकै कारण यसअघि उक्त कार्यमा संलग्न १० जना पक्राउ परिसकेका छन् ।

आईतबार प्रहरीले पक्राउ गरेका ६ जनामध्ये भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवम् जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ छन् ।

यस्तै सुन भन्सार पास गराउन संलग्न रहेको आरोपमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बालाई पनि पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL