Logo

युरोपियन युनियनबाट वाहिरियो ब्रिटेन, वाहिरिने पक्षमा ५२ प्रतिशत मत

युरोपियन युनियनबाट वाहिरियो ब्रिटेन, वाहिरिने पक्षमा ५२ प्रतिशत मत


बिजखबर संवाददाता
0
Shares

ब्रिटेन युरोपियन युनियन (ईयू)बाट बाहिरिने पक्का भएको छ । व्रिटेन युरोपियन युनियनमै रहने वा नरहने भन्ने विषयमा विहीबार भएको जनमत वाहिरिने पक्षमा हालसम्म ५२ प्रतिशत मत खसेको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा वाहिरिनेमा ५२ प्रतिशत मत खसेको छ भने युनियनमै रहनेमा ४८ प्रतिशत खसेको वीवीसीले जनाएको छ । मतदानमा कुल मतदातामध्ये ७२ दशमलव २ प्रतिशतले सहभागिता जनाएका थिए । जसमध्ये वाहिरिने पक्षमा १ करोड ७४ लाख १० हजारभन्दा बढी मत परेको छ भने रहिरहने पक्षमा १ करोड ६१ लाख ४१ हजार मत खसेको छ ।

Bratin leave EU

पूर्वोत्तर इंग्ल्याण्ड, वेल्स र मिडल्याड्सका अधिकांश मतदाताले ब्रिटेनलाई युरोपियन युनियनबाट अलग हुने पक्षमा मत गरेको थिए भने लण्डन, स्कटल्याण्ड र उत्तरी आयरल्याण्डका मतदाताले ईयूमै रहने पक्षमा मतदान गरेका थिए ।

केही समयभित्रै सवै मतगणना केन्द्रको नजिता प्रमाणित भएपछि म्यानचेष्टरको सिटी हलबाट चुनावी परिणाम घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्