Logo

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने



काठमाडौं । त्रअर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताएका छन् । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको बताए छन् ।

‘चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’ उनी भन्छन । आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जानेछ ।’

उनले लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय भएको र यो सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय भएको उनले बताएका छन् । ‘जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’ उनी भन्छन् ।

वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा. महतले बताए । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन छ, यद्यपि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भने अहिले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिए । यसको अर्थ हो, कठिन भए पनि चार्टर्ड एकाउन्टेन्टप्रति आर्कषण बढिरहेकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरेका छन् ।

चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा। महतले औंल्याउनुभयो । उत्पादनको क्षेत्र निजी क्षेत्रले गर्यो भने वितरण सरकारले गर्ने जानकारी दिँदै मन्त्री डा। महतले भन्नुभयो, ‘निजी क्षेत्रलाई अब संस्थागत गर्न जरुरी छ । व्यक्ति वा परिवारले मात्र चलाउने होइन, यसलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ ।’ कर्पोरेट कल्चर विकास भयो भने व्यापार व्यवसाय गर्न अनिच्छुकले लगानी गर्न सक्छन् । कर्पोरेट कल्चरमा जवाफदेही र पारदर्शिता हुने मन्त्री डा। महतको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्