गैर आवासिय नेपाली संघ (एनआरएनए) ले कावुलको बम आक्रमणमा ज्यान गुमाएकाहरुको परिवारलाई १ १ लाख दिने भएको छ । सो राहत एनआएएनको उदारता र मानवीय सहायता समिति मार्फत उपलब्ध गराउन लागेको हो ।
एनआरएनएले बम आक्रमणमा निर्दोश नेपाली कामदार मारिएकोमा दुःख व्यक्त गरेको छ । एनआरएनका उपाध्यक्ष कुमार पन्तले विदेशमा धन कमाएर राम्रो जीवन जिउने सपना देखेका हाम्रा दाजुभाई कफिनमा फर्किनुपरेको भन्दै राहत स्वरुप परिवारलाई नगद सहयोग गर्न लागेको जानकारी दिए ।
साथै सो घटनाले विदेशमा रहेका सम्पूर्ण नेपालीलाई स्तव्त्र बनाएको एनआरएनका अध्यक्ष शेष घलेले बताए । एजेन्सि