Logo

सूचना लुकाएपछि प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, थप छानविन गर्दै नेप्से

सूचना लुकाएपछि प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का, थप छानविन गर्दै नेप्से



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रभु इन्स्योरेन्सको सेयर कारोबारमा रोक लगाएको छ । कम्पनीको संचालक समितिले बजार मूल्य प्रभावित पार्ने सूचना लुकाएर चलखेल गरेको भेटिएपछि नेप्सेले सेयर कारोबारमै रोक लगाएको हो ।

सुचिकृत कम्पनीले बजार मूल्य शृंखलालाई प्रभावित पार्ने निर्णयहरु गर्दा तुरुन्तै त्यस्ता निर्णयहरु सार्वजनिक गर्नुपर्ने हुन्छ । तर प्रभु इन्स्योरेन्सले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको १ हप्ता वितिसक्दा पनि उक्त सूचना लुकाएर बजारमा चलखेल गरेको नेप्से स्रोतले जानकारी दिएको छ ।

कम्पनीले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद बिक्री गर्ने निर्णय गरेपनि सार्वजनिक जानकारीमा नल्याएपछि नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम कम्पनीको कारोबार रोक्का भएको हो ।

आइतबारदेखि प्रभुको सेयर कारोबार अनिश्चितकालका लागि रोक्का गरिएको छ । कारोबार रोक्का गरेर नेप्सेले थप कारबाहीका लागि अध्ययन अघि बढाएको छ । धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ । तर कम्पनीले असार २७ गते हकप्रद जारी गर्ने निर्णय गरेपनि साउन ४ गते मात्र नेप्सेमा जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL