Logo

शुक्रवार देखि खाद्य मेला शुरु, विभिन्न जातजातिका परम्परागत परिकार राखिने

शुक्रवार देखि खाद्य मेला शुरु, विभिन्न जातजातिका परम्परागत परिकार राखिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि खाद्य मेला हुने भएको छ । ११ गतेसम्म चल्ने मेलाको खाद्य तथा गुण नियन्त्रण विभागले आयोजना गर्न लागेको हो । काठमाडौँ उपत्यकामा पहिलोपटक पोषिला खाद्य परिकारका बारेमा प्रचार गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागेको बताइएको छ ।

मेलामा विभिन्न जातजातिका परम्परागत परिकारसहित १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टल तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३६ स्टलसहित ७८ स्टल रहनेछन् । बिहान १० देखि साँझ ६ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।

मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिने बताइएको छ ।

त्यस्तै मेलामा खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी एवम् बिक्रीसमेत गरिनेछ ।

मेलामा विभिन्न जाति, जनजातिका परम्परागत संस्कृति झल्काउने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

प्रतिक्रिया दिनुहोस्