Logo

राजस्व अनुसन्धानकाे अप्रेसन : त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद

राजस्व अनुसन्धानकाे अप्रेसन : त्रिभुवन विमानस्थलबाट एक क्विन्टल सुन बरामद



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनुमानित १ सय किलोसम्म सुन बरामद गरेको हो। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको छ ।

बुधबार बिहान ११ बजे सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सुत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो ।

अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो। २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL