Logo

भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

भद्रकुमारी घले सेवा सदनका संरचना नभत्काउन अदालतको अन्तरिम आदेश



काठमाडौं । देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

काठमाडौं महानगरपालिकाको टोलीले बुधबार उक्त भवनका केहि संरचनामा डोजर लगाएको थियो । उक्त कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश जारी गरेको हो ।

अदालतले ८ साउनमा दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यसअघि सदनको घरजग्गामा क्षति पुर्याउने वा अतिक्रमण गर्ने काम नगर्नु नगराउनु भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL