Logo

संचार मन्त्रीको स्ष्टीकरण, सरकारले अनलाइन मिडियालाई अंकुश लगाउँदैन

संचार मन्त्रीको स्ष्टीकरण, सरकारले अनलाइन मिडियालाई अंकुश लगाउँदैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुचना तथा संचार मन्त्री शेरधन राईले अनलाइन मिडियालाई अंकुश लगाउन नखोजेको स्पष्ट पारे । ‘सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्न मात्र खोजेको हो,’ नेपाल दलित पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रममा उनले भने, ‘यसको दर्ता, नविकरणजस्ता काम पनि नभएकाले निर्देशिका जारी गरिएको हो ।’

जारी निर्देशिकामा केही त्रृटि भएका त्यसलाई सच्याउनका लागि कमिटि समेत गठन गरिएको र त्यसबाट सवै समाधान हुने उनको तर्क थियो । ‘अहिले निर्देशिकाको नाममा ‘कोकोहल’ मच्चाउने काम भइरहेको छ,’ उनले भने, ‘त्यो एकदमै अनावश्यक काम हो ।’ कुनै पनि विषय उत्थानको लागि मिडियाको ठूलो भुमिका हुने भन्दै सरकारले कुनै पनि हालतमा अंकुश नलगाउने बताए ।

प्रतिक्रिया दिनुहोस्