Logo

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारको तुलनामा बढेको हो । मंगलबार नेपाली बजारमा प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि हिजोको तुलनामा १० रुपैयाँले उकालो लागेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL