Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले उकालो लागेको छ । नेपाली बजारमा चाँदी बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १ हजार ४ सय ४० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL