काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको काबुल आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली दिएका छन् । ओलीले ट्वीट गर्दै घटनाले आफु स्तब्ध भएको बताए ।
उनले ट्वीटरमार्फत् भनेका छन्, ‘अफगानिस्तानमा आज आत्मघाती आक्रमणमा परी १४ नेपालीको मृत्यु भएको घटनाले म स्तब्ध भएको छु । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
काबुलमा सोमवार तालिवानले आत्मघाती आक्रमण गर्दा १४ नेपालीको मृत्यु भएको छ । प्रधानमन्त्री ओलीले घटनाबाट आफू स्तव्ध भएको बताएका छन् ।