अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । काबुलमा सोमाबार बिहान मिनीबसमाथि बम आक्रमण भएको थियो । सो आक्रमणमा आक्रमणमा १४ जनाको मृत्यु भएको हो ।
मृत्यु भएका सबै नेपाली नागरिक भएको अफगान गृहमन्त्रालयले बताएको छ । घटनामा ९ जना घाइते भएका छन् । उनीहरु मध्ये पाँच नेपाली र चार अफगान नागरिक छन् । नेपाली सुरक्षागार्ड बोकेको मिनीबसमाथि बम हमला भएको हो ।