Logo

‘एनआईबिएल क्यापिटल मोबाइल एप’ आइओएस भर्सनमा, डि म्याट सेवाको जानकारी लिन सकिने

‘एनआईबिएल क्यापिटल मोबाइल एप’ आइओएस भर्सनमा, डि म्याट सेवाको जानकारी लिन सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । एनआईबिएल क्यापिटल मार्केट्सले ‘एनआईबिएल क्यापिटल मोबाइल एप’ आइओएस भर्सनमा ल्याएको छ। एण्ड्रोइड भर्सन को लागि मात्र एप सञ्चालनमा ल्याएको एनआईबिएल क्यापिटलले माग अनुसार आइओएस भर्सनमा पनि लयाएको हो । यो एपबाट सजिलै आफ्नो एनआईबिएल क्यापिटलमा भएको डि म्याट एरसि लगायत अन्य सेवाहरुको बारेमा समेत जानकारी लिन सकिन्छ।

त्यस्तै एनआईबिएल क्यापिटल मार्केट्स सम्बन्धि जानकारी तथा एनआईबिएल समृद्धि फण्ड–१को बारे पनि जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ।

यस एपलाई एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। त्यसमा डि म्याट एरसि को पासवर्ड हाली लग इन गर्दा ग्राहकको चाहाना अनुसार एपमा रहेको बिशेषताहरु र एनआईबिएल समृद्धि फण्ड–१ को साप्ताहिक तथा मासिक एनएभि पनि हेर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

एपबाट आइपिओको निष्काशन, बोनस, क्यास लाभांस ,हकप्रद शेयरलगायत बारे जानकारी लिन सकिन्छ । कम्पनीलृ यो एपमा चाँडै नै लगानी व्यवस्थापन सम्बन्धी विवरणहरु समेत हेर्न सकिने सुविधा ल्याउन लागेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्