काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी( ले नक्कली प्रमाणपत्रका आधारमा डाक्टर भएकाको नाम सार्वजनिक गरेको छ । सिआइवीले आइतवार ३६ जनाको नाम सार्वजनिक गरेको हो । सिआइबीले ‘अपरेसन क्वाक’ नाम दिएर सञ्चालन गरेको कारवाहीमा उनीहरु शुक्रबार पक्राउ परेका थिए ।
उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरि आवश्यक कारवाही सुरु भएको सिआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति अनुसार काठमाडौंमा ८ पुरुष र ५ महिला गरी १३ जना पक्राउ परेका छन् । त्यस्तै पर्साका ९ जना पुरुष डाक्टर पक्राउ परेका छन् ।
यसैगरी चितवनबाट ३, ललिपुरबाट २, धनुषाबाट २ सुनसरीबाट १, झापाबाट एक र कास्कीबाट एक जना पक्राउ परेका छन् ।