Logo

निल डेभिड्स युनिसेक्स सलुनको फ्रेन्चाइजी कालेबुङमा,बिहीवारदेखि सेवा शुरु

निल डेभिड्स युनिसेक्स सलुनको फ्रेन्चाइजी कालेबुङमा,बिहीवारदेखि सेवा शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल र भारतका विभिन्न शहरमा आफ्नो शाखा विस्तार गर्दै आएका हेयर स्टाइलिष्ट निल डेभिड कटुवालको भारतको पश्चिम बंगालस्थित कालेबुङमा फ्रेन्चाइजी सञ्चालनमा आएको छ।

डेभिडको फ्रेन्चाइजी ब्रान्ड निल डेभिड्स युनिसेक्स सलुन’को कालेबुङमा आयोजित एक समारोहबीच बिहीबार उद्दघाटन गरिएको थियो । डेभिडले राजधानीको सुनधारास्थित काठमाडौं मलमा अत्याधुनिक शैली र सुविधायुक्त महिला र पुरुषको हेयर स्टाइल र कटिङ सलुन सञ्चालनमा छ । डेभिडको पहिलो फ्रेन्चाइजी ब्रान्ड स्वरुप कालेबुङमा सलुन सञ्चालनमा आएको हो।

उनको फ्रेन्चाइजी ब्रान्ड दार्जि्लिङका पी. राजले सञ्चालनमा ल्याएका हुन्। ‘यहाँ निल डेभिडको ठूलो माग भएकाले उहाँको फ्रेन्चाइजी लिएको हुँ’, पी राजले भने।

प्रतिक्रिया दिनुहोस्