काठमाडौं । पेन्ट उत्पादक बर्जर पेन्ट्सले मनसुनलाई लक्षितगर्दै ‘डबल प्रोटेक्सन’ अफर ल्याएको छ । कम्पनीले एक्स्टेरियर पेन्ट वेदरकोट अलगार्ड एक्स्टेरियर इमल्सनमा अफर लागू गरिएको जानकारी दिएको छ ।
अफरअन्तर्गत खरिदकर्ताले हरेक २० लिटर वेदरकोट अलगार्ड किन्दा एउटा छाता सित्तैमा पाउनेछन् । कम्पनीले ‘वेदरकोट अलगार्डले घरको प्रोटेक्सन, छाता भए मनसुनमा नो टेन्सन’ नारासहित योजना प्रवद्र्धनका लागि हास्यकलाकार सन्दीप क्षेत्री र नायिका निशा अधिकारीलाई नियुक्त गरेको छ ।
योजना ०७३ असार ३ देखि साउन ३२ सम्म नेपालभरका सीमित डिलरमा लागू रहने कम्पनीले जानकारी दिएको छ ।