Logo

मकवानपुरमा सवारी दुर्घटना, दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना, दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु



काठमाडौं । मकवानपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किएर आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किदा तीनजनाको मृत्यु हुनुका साथै अरु दुईजना घाइते भएका छन् ।

घटनास्थलमै ज्यान गुमाएका तीनैजनाको पहिचान नभएको प्रहरीको भनाइ रहेको छ । घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजालाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी टेकबहादुर कार्कीले बताए ।

शुक्रबार राति पौने २ बजे मनहरी–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएको भनाइ डीएसपी कार्कीको रहेको छ ।

चितवन तर्फबाट हेटौंडा जाँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक र हेटौंडाबाट चितवनतर्फ आउँदै गरेको ना।६ ख ६६६७ नम्बरको ट्रक एकापसमा ठोक्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL