Logo

७१ प्रतिशतले घट्यो जिआई पाइपको निर्यात, जिंक सिट र जुसको निर्यातमा पनि उच्च कमी

७१ प्रतिशतले घट्यो जिआई पाइपको निर्यात, जिंक सिट र जुसको निर्यातमा पनि उच्च कमी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२/७३ मा जिआई पाईपको निर्यात ७१ दशमलव ५ प्रतिशतले घटेको छ । चालु आवमा ७१ करोडको मात्र निर्यात भएको छ । अघिल्लो आवको १० महिनामा २ अर्व ४८ करोडको जिआई पाइप निर्यात भएको थियो । त्यस्तै सो अवधिमा जिंक सिटको निर्यात ६० प्रतिशतले घटेको छ ।

सो अवधिमा नेपालबाट १ अर्व ७१ करोडको निर्यात भएको छ । गत आवको सो अवधिमा ४ अर्व ३७ करोडको जिंक सिट निर्यात भएको थियो । त्यस्तै सो अवधिमा जुसको निर्यात ४२ प्रतिशतले घटेको छ ।

चालु आवको १० महिनामा नेपालबाट २ अर्व १६ करोडको जसु निर्यात भएको छ । अघिल्लो आवको सो अवधिमा ३ अर्व ७३ करोडको जुस निर्यात भएको थियो ।
चालुआवको सो अवधिमा नेपालबाट निर्यात् हुने अधिकांश बस्त्ुको निर्यात् घटेको छ । चालु आवको दश महिनामा कुल निर्यात २१ दशमलव ७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।

सो अवधिमा नेपालको निर्यात आई रु. ५५ अर्ब ६० करोडमा सीमित भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.५ प्रतिशतले ह्रास आएको थियो ।
समीक्षा अवधिमा भारततर्फ ३३ दशमलव ४ प्रतिशतले घटेको छ । त्यस्तै चीनतर्फ ३५ दशमलव ६ प्रतिशतले गिरावट आएको नेपाल राष्ट वैंकको हालै सार्वजनिक तथ्यांकले देखाएको छ । सो अवधिमा अन्य मुलुकतर्फ भने ४ दशमलव १ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा भारततर्पm जिङ्क शीट, जि.आई. पाइप, जुस, पोलिष्टर यार्न लगायतका वस्तुहरू र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरूहरूको निर्यात घटेको छ । अघिल्लो आवमा भने अन्य मुलुकतर्पm ऊनी गलैंचा, तयारी पोसाक, पश्मिना, चिया लगायतका वस्तुहरूको निर्यात बढेको छ

प्रतिक्रिया दिनुहोस्