Logo

आयल निगममा जागिर खुल्यो, उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्म माग

आयल निगममा जागिर खुल्यो, उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्म माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । नेपाल आयल निगममा विभिन्न पदमा जागिर खुलेको छ । निगमले शनिवार सूचना निकाली कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको हो । निगममा विभिन्न ६२ पदमा जागिर खुलाएको हो ।

मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।
मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । त्यसैगरी कम्प्युटर इन्जिनियर, इण्डलस्ट्रियल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक(एक जना उपप्रवन्धक मागिएको छ ।

प्रशासन सहायक प्रवन्धक ९ जना, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३ र प्रशासन बरिष्ठ सहायक ६ जनाका लागि जागिर खुलेको हो । त्यस्तै बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन खुलेको छ ।

यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्