रोजगार अनुमति प्रणाली (इपीएसको भाषा परीक्षा आजबाट सुरु भएको छ । विहान साढे आठ र अपरान्ह १२ बजेगरी दुई चरणमा परीक्षा सञ्चालन हुने बताइएको छ ।
परीक्षा शनिबार र आइतबार दुई दिन हुने छ । परीक्षाका लागि काठमाडौं उपत्यकामा १८ र पोखरमा ३ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
ईपीएसमा पढाइ १०० र लेखाइ १०० गरी २०० पूणरङ्कको परीक्षा हुनेछ । यस वर्ष ५२ हजार २ सय २२ पुरुष र ८ हजार ४ सय महिलाले परीक्षाका लागि आवेदन दिएका थिए । त्यसमध्ये कृषितर्फ ३७ हजार र उत्पादनमूलक क्षेत्रमा २३ हजार चार सय ५१ छन् ।
कोरियाले यस वर्ष जम्मा ३ हजार १ सय लाई कोरिया लाने बताएको छ । तीमध्ये १ हजार उत्पादनमूलक क्षेत्र र २ हजार १ सय जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था गरिएको छ ।
आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन् ।