Logo

मेयर शाहको कडा टिप्पणी : सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ

मेयर शाहको कडा टिप्पणी : सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ



काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको टिप्पणी गरेका छन् ।

विहिबार राति सामाजिक संजालमा टिप्पणी गर्दै बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको भन्दै भारतीय गुलामहरुले देश चलाइरहेको आरोप लगाएका छन् । उनले आफूमात्र यसको विरोधमा रहेको बताउदै अदालतको अवहेलनामा पनि आफूमात्र भएको टिप्पणी गरेका छन् ।

साथै उनले सबै जना मरेका लाशहरु भएको कडा टिप्पणी गरेका छन् । उनले भनेका छन्–हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा रु र, म मात्र अदालतको अवहेलनामा रु सबैजना मरेका लाशहरु हुन् ?

प्रतिक्रिया दिनुहोस्
MBL