Logo

पूर्वाधारमा लगानी चुनौतीपूर्ण भएको लगानीकर्ताको गुनासो, गभर्नर भन्छन्, ‘नेपालमा नाफा कमाउने प्वालै प्वाल छन्’

पूर्वाधारमा लगानी चुनौतीपूर्ण भएको लगानीकर्ताको गुनासो, गभर्नर भन्छन्, ‘नेपालमा नाफा कमाउने प्वालै प्वाल छन्’


बिजखबर संवाददाता
0
Shares

राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा नाफा कमाउनका लागि प्वालै प्वाल रहेको बताएका छन् । उनले नेपालमा पूर्वाधार, उत्पादन र कानुनको अभाव रहेको भन्दै यीनै छिद्रबाट नाफा कमाउन सकिने बताएका हुन् ।

‘हामीसँग ठूला परियोजना कार्यन्वयनमा आएका छैनन र त्यसका लागि नियम कानुन पनि पार्यप्त छैन’ उनले भने, ‘नेपाल सिक्दै भोग्दै जाने अवस्थामा रहेकाले त्यसबाट लगानीकर्ताले नाफा उठाउन सक्नुपर्छ ।’ नेपाल उद्योग परिसंघले काठमाडौंमा शुक्रवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

cni

गभर्नर नेपालले विकासका लागि नेपालीको सोच बदल्न समेत आवश्यकता रहेको बताए। ‘हामी धनीलाई देख्यो कि रिसाउँछौं, डाहा गर्छौ र अनावश्यक संका गर्छौ’ उनले भने, ‘रोजगारी दिने, उत्पादन बढाउने तथा अर्थतन्त्रमा योगदान दिने धनी देख्दा खुसी हुन नसक्नुनै हाम्रो विकासको वाधक हो । उनले नेपालमा लगानीका लागि पर्याप्त अवसर रहेको समेत बताए ।

उक्त अवसरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले नीति तथा कानुन बनाएर मात्रै लगानी नभित्रने बताए । यसका लागि सरकारले लगानीकर्तालाई नाफाको प्रत्याभुति दिन सक्नुपर्ने बताए । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शसिन जोशिले नाफाको प्रत्याभुति नभएसम्म कुनै पनि क्षेत्रमा लगानी नआउने बताए ।

कार्यक्रमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा भएको सम्भावनालाई उपयोग गर्नुपर्ने बताए । उनले पूर्वाधार क्षेत्रमा लगानीको सम्भावना भएकाले त्यसलाई यथार्थमा बदल्नुपर्ने बताए । ‘हाम्रा स्रोतहरु हाम्रो पालमा उपोग गरिनुपर्छ’ उनले भने, ‘अहिले उपयाग गर्न नसकिउ पछि काम नलाग्न पनि सक्छन् ।’

उक्त अवसरमा अधिकांश लगानीकर्ताल पूर्वाधारमा लगानीका लागि चुनौती रहेको बताए । नेपालमा लगानीको स्रोत नभएको र विविध कारणले विदेशबाट ऋण वा लगानी ल्याउन समस्या रहेको उनीहरुको भनाई थियो । लेखा परिक्षक तथा व्यवसायी आशिष गर्गले ‘पूर्वाधारमा लगानीको चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार क्षेत्रमा लगानीका लागि ठूलो चुनौती रहेको औल्याए । त्यस्तै, गान्धि एण्ड एसोसिएटका संस्थापक गान्धि पण्डितले ‘नेपालमा परियोजनामा आधारित लगानीका लागि कानुनको आवश्यकता’ विषयक कर्यापत्र प्रस्तुत गर्दै परियोजनाका लागि लगानीमैत्री नियम कानुन नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्