Logo

अव १० हजार रुपैयाँ तिरे ३ दिनमा राहदानी तयार, असार १५ देखि लागु

अव १० हजार रुपैयाँ तिरे ३ दिनमा राहदानी तयार, असार १५ देखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राहदानी विभागले रू. १०हजार तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै दिने भएको छ । आगामी असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागले जानकारी दिएको छ ।

हाल १० हजार तिर्दा राहदानीका लागि तरेर एक हप्ता कुर्न पथ्र्यो । बिहीबर बसेको मन्त्रीपरिषद्को बैठकले कति समयमा राहदानी लिनेलाई कति शुल्क लाग्ने भन्ने बारेमा निर्णय गरेको थियो ।

सो बैठकले आकस्मिक रुपमा लिन परेको खण्डमा रू. १५ हजार, दुई दिनमा लिनुपरेमा १२ हजार र तीन दिनमा लिएमा रू. १० हजार लाग्ने निर्णय गरेको थियो । दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिइएको छ ।

राहदानी नभएका कारण टिकट रद्द गर्नुपर्ने अवस्था आउन नदिने उद्देश्यका साथ यो प्रक्रिया अघि सारिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्