Logo

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला १ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । बुधबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL