काठमाडौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कलाकार तथा सामाजिक अभियान्ताद्वय सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) लाई ब्रान्ड एम्बेसेडर बनाएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि र धुर्मुस(सुन्तली फाउन्डेशनका सदस्यद्वय सिताराम कट्टेल तथा कुञ्जना घिमिरेले ब्रान्ड एम्बेसेडर हुने आपसी सम्झौता गरेका थिए । सम्झौता(पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र धुर्मुस-सुन्तली फाउन्डेशनकातर्फबाट सिताराम कट्टेल (धुर्मुस) ले हस्ताक्षर गरे ।
धुर्मुस-सुन्तली आफ्नो कलाकारिता सँग(संगै सामाजिक सेवामा दत्तचित्त भै लागिरहेका छन् । त्यसै गरी सिटी एक्सप्रेसले पनि आफ्नो व्यवसायिक गतिविधीका साथ(साथै सामाजिक क्रियाकलापमा समेत सहभागिता जनाइरहेको छ ।
सिटी एक्सप्रेसले पछिल्लोपटक भुकम्पपीडितका लागि सिन्धुपाल्चोकको गिरानचौरमा नमूना वस्ती निर्माणका १५ लाख ५५ हजार रुपैयाँ धुर्मुस(सुन्तली फाउन्डेसनलाई सहयोग गरेको थियो ।