काठमाडौं । शुक्रवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले ओरालो लागेको छ । सो दि सुनका भाउ तोलाको ५६ हजार ६ सयमा झरेको छ ।
बिहीबार सुन प्रतितोला ५७ हजारमा कारोवार भएको थियो । सो दिन चाँदी प्रतितोला ७ सय ९५ मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ५ मा किनबेच भएको थियो ।