Logo

सुनचाँदीको मूल्य उकालो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य उकालो, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । आईतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य उकालो लागिको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यी दुबै धातुको मूल्य नेपाली बजारमा मंगलबारको तुलनामा बढेको हो ।

महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मंगलबारको तुलनामा २ सय रुपैयाँले बढी हो । मंगलबार सुन नेपाली बजारमा प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जानकारी दिएको छ । मंगलबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ८० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL