काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले नै व्यहोर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
सोमबार परराष्ट्र मन्त्रालयले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ लागेको जानकारी गराएको थियो ।
सोही जानकारी अनुसार मन्त्रिपरिषदले पनि उक्त खर्च सरकारले नै व्यहोर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रपति पौडेलले उक्त खर्च आफै व्यहोर्ने बताएका थिए ।