Logo

बजारलाई प्रतिस्पर्धी बनाउन ब्याजदर निर्धारणमा बैंकर्स संघको सिन्डिकेट हटाउनुपर्छ : बैंकर क्षेत्री

बजारलाई प्रतिस्पर्धी बनाउन ब्याजदर निर्धारणमा बैंकर्स संघको सिन्डिकेट हटाउनुपर्छ : बैंकर क्षेत्री



काठमाडौं । बजारलाई प्रतिस्पर्धी बनाउन बैंकर्स संघले ब्याजदर निर्धारण गर्ने व्यवस्थालाई खारेज गर्नुपर्ने पूर्व बैंकर पर्शुराम कुँवर क्षेत्रीले बताए । अहिले नेपाल राष्ट्र बैंकले बैंकहरुलाई बैंकर्स संघ लगायतका संस्थालाई ब्याजदर नियन्त्रण गर्न दिएर त्यसले कार्टेलिङ गरेको उनको तर्क थियो । ‘खुल्ला बजारको अवधारणमा बैंकको व्याजदर निर्धारण गर्न कुनै पक्षले एकरुपताको अभ्यास गर्न हुँदैन,’ उनले भने, ‘बजारलाई प्रतिस्पर्धी बनाउने हो भने खुला नीतिमा जानुपर्छ ।’

साथै सबै बैंकमा एउटै व्याजदर हुँदा बजार प्रतिष्पर्धी बन्न नसकेको उनको भनाई छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले आयोजना गरेको नाफिज संवादमा क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा एकरुपता ल्याउने अभ्यास गर्न नहुने बताएका हुन । विगतदेखि भईरहेको सिण्डिकेट प्रथाले प्रतिष्पर्धी बजारको विकास हुन नसकेको उनको दावी छ । ‘ब्याजदर निर्धारणको विषयमा अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘परिस्थिति अहसज भएका बेला बैंकहरुले सहकार्य गरी स्थितिलाई नियन्त्रणबाहिर जान नदिएको भए पनि अहिले स्थिति सहज भएको बेला बजारले नै व्याजदर निर्धारण गर्नुपर्छ ।’

बैंकिङ क्षेत्रमा अहिले साढे ३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको र यस्तो अवस्थामा बैंकहरुले आफू अनुकुल व्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था आवश्यक रहेको उनको तर्क छ । ‘हिजो बजार असहज अवस्थामा हुँदा बैंकर्स संघले ब्याजदर नियन्त्रण गर्न राम्रो भुमिका खेलेको थियो भने नेपाल राष्ट्र बैंकले अनौपचारिक दबाब पनि दिएको हो,’ उनले भने, ‘ तर अहिले एउटै ब्याजदर हुँदा ग्राहकलाई कुन बैंकमा पैसा जम्मा गर्ने भन्ने छनोट गर्न पनि असहज भएको छ ।’ साथै ब्याजदर निर्धारणमा सिन्डिकेट हटाउन राष्ट्र बैंकले पनि बैंकर्स संघलाई नैतिक दबाब दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL