Logo

मलेसियालाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इष्ट जोनको उपाधि

मलेसियालाई हराउदै नेपालले जित्यो एसीसी यू-१६ इष्ट जोनको उपाधि



काठमाडौँ । नेपालले मलेसियालाई हराउदै एसीसी यू(१६ इष्ट जोन कपको उपाधि जितेको छ । मंगलबार नेपालले दिएको २५३ रनको लक्ष्य पछाएको मलेसिया १४।४ ओभरमा केवल ३१ रन बनाएर अल आउट भएपछि नेपाल २२१ रनको फराकिलो अन्तरले विजयी भएको हो ।

मलेसियाको ब्याटिंग लाइनलाई ध्वस्त गर्ने क्रममा नेपाली बलर अभिषेक तिवारीले सर्बाधिक ५ विकेट लिएका थिए भने सन्तोष यादवले ३ तथा सागर गैरे र स्शोक धामीले एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ३५ ओभरको खेलमा ८ विकेट गुमाउदै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्टले अविजित ११२ रनको शतकीय पारी खेलेका थिए । नरेनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ११२ रन बनाएका थिए ।

त्यस्तै निरज कुमार यादवले ४७ रन बनाए भने सन्तोष यादवले २६, सुर्यान्शु कोइरालाले १८, अशोक धामीले ११ रन बनाएका थिए । त्यस्तै मलेसियाका बलरमुहमद आक्रमले सर्बाधिक ३ विकेट लिए भनेहाजिल हैक्व्ल, अरीन अकील र मुहमद फथुल मुइनले एक एक विकेट लिएका थिए ।

नेपाल यस प्रतियोगिताको उपाधि जितेर ह्याट्रिक गरेको छ । नेपालले यसअघि सन् २०१७ र २०१९ मा सम्पन्न प्रतियोगिताको फाइनलमा सिंगापुर र मलेसियालाई हराएर यो उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL