Logo

मेयर बालेन भन्छन–यसकारण हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिएको हो

मेयर बालेन भन्छन–यसकारण हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरिएको हो



काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गरिएको बताएका छन् ।

सामाजिक सञ्जालमा हनुमानढोका परिसरभित्र सवारी साधनहरुलाई निषेध गर्नुबारे बालेनले लेखका छन् –काठमाडौ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण हो । काठमाडौको पहिचान भनेकै यहाँका सम्पदाहरु हुन् । विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यीनै सम्पदा र यीनको प्राचीन मौलिकता पनि हुन् । यहि हेर्न, अनुभव गर्न र रमाउन लाखौँ पर्यटकहरु आउन सक्छन् ।’

बालेनले लेखेका छन्–‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरु आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यीनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL