Logo

लगानीकर्तालाई विवेकपूर्ण निर्णय लिन धितोपत्र बोर्डको अनुरोध, नेप्से इन्डेक्स मात्र बढ्दा जोखिम बढ्ने

लगानीकर्तालाई विवेकपूर्ण निर्णय लिन धितोपत्र बोर्डको अनुरोध, नेप्से इन्डेक्स मात्र बढ्दा जोखिम बढ्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो लगानी सम्बन्धी विवेकपूर्ण निर्णय लिन आम लगानीकर्ताहरुलाई अनुरोध गरेको छ । विहीवार एक प्रस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

धितोपत्रको दोस्रो बजार सूचाकाङ्क तथा कारोवार रकममा भैइरहेको बृद्धिले लगानीकर्ताहरु दोस्रो बजार कारोवार प्रति आर्कर्षित भएको भितोपत्र बोर्डले बताएको छ । ‘पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु एवं अर्थतन्त्रको यर्थाथ स्थिति अवगत गराई उनीहरुको हकहितको संरक्षण गर्ने जिम्मेवारी बोर्डको छ’ विद्दप्तिमा भिनएको छ ।

साथै धितोपत्रमा गरिने लगानी जोखिमरहित नहुने हुँदा समग्रमा देशको अर्थतन्त्र, सूचीकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷वित्तीय स्थिति लगानीकर्ता स्वयंको जोखिम वहन गर्ने क्षमता आदिलाई हेरेर धितोपत्रमा लगानी गर्न सुझाव दिएको छ ।

हाल सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादन÷ वित्तीय स्थिति सामान्य स्तरमा तथा समग्रमा देशको आर्थिक बृद्धि १ प्रतिशत भन्दा तल रहेकोमा धितोपत्र बजारको सूचकाङ्क नेप्से इन्डेक्स निरन्तर रुपमा बढ्दै उच्च विन्दुमा आइसकेको छ ।

यसरी समग्र अर्थतन्त्र सामान्य रही नेप्से इन्डेक्स मात्र बढ्दै जाँदा बजारको जोखिम पनि उत्तिकै रुपमा उल्लेख्य रुपमा बढ्दै गइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्