काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल बिहीवार प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले यस बर्ष पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो ।
नतिजा अनुसार सबैभन्दा धेरै सी ग्रेडमा १ लाख ४ हजार २ सय ७८ परीक्षार्थी छन् ।
त्यस्तै १६ हजार ४ सय ५४ परीक्षार्थीले ए प्लस ग्रेडमा छन् । ९० र सोभन्दा माथि अंक ल्याउने परीक्षार्थी यो ग्रेडमा पर्छन् ।