काठमाडौं । विहिवार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ४ सयले बढेको छ । सो दिन सुन तोलाको ५७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुनको भाउ तोलाको ५६ हजार ६ सय रुपैयाँ थियो । बिहीवार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार विहिबार चाँदी तोलाको ८ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदीको भाउ सात सय ९५ रुपैयाँ पुगेको थियो ।