काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा खाली गराउन काठमाडौं महानगरपालिकाले ७ दिनको समय दिएको छ । पछिल्लो समय यो प्रकरण पुनः व्युँतिएपछि काठमाडौं महानगरको नगर प्रहरीको टोली आईतबार उक्त स्थानमा तारबार लगाउन पुगेको थियो । तर, त्यहाँ संरचनाहरु पनि केहि बनेकाले ७ दिनभित्र उक्त संरचनाहरु हटाउन अल्टिमेटम दिएर नगरप्रहरीको टोली फर्किएको हो ।
आईतबार नगर प्रहरीका प्रमुख राजु पाण्डेको नेतृत्वमा नगर प्रहरीको टोली नै त्यहाँ पुगेको थियो ।
सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।